• मंगलबार, भाद्र ३० २०८३

सूर्य नेपाल गल्फ च्यालेन्ज वैशाख १९ देखि


सोमबार, बैशाख ५ २०७९
555
Shares

सूर्य नेपाल गल्फ टुर २०२१–२२ को छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज यही वैशाख १९ देखि २२ गतेसम्म रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ। ७२ होलमा खेलाइने उक्त प्रतियोगितामा ३६ प्रोफेसनल र २० एमेच्योरहरू गरी ५६ खेलाडीले भाग लिनेछन्।

मैदानमा ३६ होलहरू पछि कट लागू गरिनेछ। २१ शीर्ष स्कोर गर्ने प्रोफेसनल खेलाडी र शीर्ष ६ एमेच्योरहरू वा जसले व्यावसायिक कटौती गर्ने खेलाडीहरू अर्को चरणमा पुग्नेछन्।प्रतियोगिताको लागि गल्फ कोर्सको प्ले कन्डिसनमा सुधार गरिएको छ। अधिकांश सहभागीहरूले कोर्सको अवस्था बुझ्न अभ्यास राउन्ड खेलिसकेका छन्।

यो प्रतियोगितामा कुल रु ५ लाख ४५ हजारको पुरस्कार राशि रहेको छ जसमा विजेताले रु. १ लाख, उपविजेताले रु. ६५ हजार र तेस्रो हुनेले रु. ४६ हजार प्राप्त गर्नेछन् भने शीर्ष २१ मा रहेका अन्यले पनि नगद पुरस्कार पाउने छन्। यो प्रतियोगिताको शीर्ष दावेदारमा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, राम थापा र गत इभेन्टका विजेता एमेच्योर सुवास तामाङ रहेका छन्।

अर्का दाबेदार हुन सक्ने शुक्रबहादुर राई भने अहिले भारतको व्यावसायिक गल्फ टुरमा खेलिरहेका छन्। एनपीजीए र आरएनजीसीका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले भने, ‘यो प्रतियोगितामा प्रोफेसनल र एमेच्योर दुवैबाट स्कोरिङ कम हुन्छ जस्तो लाग्छ। खेलको विकासको लागि निरन्तर सहयोगको लागि म हाम्रो प्रायोजकलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार