• शनिबार, कार्तिक १५ २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


सोमबार, बैशाख ५ २०७९
655
Shares

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिदमा १२१ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२२ रुपैयाँ १९ पैसा पाइन्छ। 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६ पैसा पुगेको छ। अष्ट्रेलियन डलर एकको खरिददर भने घटेर ८९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४० पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिदमा आज ९६ रुपैयाँ ४० पैसा र बिक्रीमा ९६ रुपैयाँ ८८ पैसा पाइन्छ। 

त्यस्तै, आज कतारी रियाल एकको खरिददर बढेर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने बढेर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा पुगेको छ।

युएई दिराम एकको खरिददर सोमबार ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा कायम छ। मलेसियन रिंगिट एकको खरिददर पनि २८ रुपैयाँ ७१ पैसा र बिक्रीदर २८ रुपैयाँ ८५ पैसा कायम छ। 

आज कुवेती दिनार एकको खरिददर ३९८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०० रुपैयाँ २९ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२४ रुपैयाँ ११ पैसा पुगेको छ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार