• बुधबार, भाद्र ३१ २०८३

गोरखामा कृषिगणना बैशाख ६ देखि जेठ १९ सम्म


सोमबार, बैशाख ५ २०७९
800
Shares

गोरखा। गोरखामा कृषिगणना भोली (मङ्गलबार) वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म हुने भएको छ ।

९४ वटा वडा रहेको गोरखामा कृषि गणनाका लागि एक सय ८८ वटा क्षेत्र निर्धारण गरी कृषि गणना गरिने कार्यालय प्रमुख महेशप्रसाद ढुंगानाले बताए । कृषि गणनामा खटिने गणक र सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाइसकेको कार्यालय प्रमुख ढुंगानाले बताए ।

गणनाका लागि गणक र सुपरिवेक्षक फिल्डमा चाहिने सामाग्रीहरु सबै हस्तान्तरण गरेर (आइतबार) सम्ममा सबैलाई फिल्डमा पठाईसकेका उनले बताए । गणकलाई चैत्र २५ गतेदेखि वैशाख २ गतेसम्म र सुपरिवेक्षकलाई चैत्र २५ देखि ३ गतेसम्म कृषि गणना सम्बन्धी तालिम दिएको उनले जानकारी दिए ।

गणनाका लागि १९ जना सुपरिवेक्षक र ७५ जना गणक फिल्डमा खटिने छन् । विगतमा दुई चरणमा हुने गरेपनि यसपटक एकै चरणमा जिल्लाभर कृषि गणना सुरु हुने बताइएको छ । गणकहरु प्रत्येक कृषकको घरघरमा पुगी तथ्यांक संकलन गर्ने ढुंगानाले बताए । जिल्लाका सबै पालिकामा ४५ दिनभित्र कृषि गणना गरी सक्नुपर्ने उनले बताए ।

सो गणनाबाट आएको प्रारम्भिक तथ्यांक तीन महिनाभित्र आउने र अन्तिम नतिजा भने नौ महिनामा आउने कार्यालय प्रमुख ढुङ्गानाले बताए । देशभर हाल ६८ लाख परिवार रहेछन् । त्यस्तै ४२ लाख कृषक रहेका छ । नेपालमा हरेक वर्षको १०/१० वर्षमा कृषि गणना हुने गरेको छ । ६८ लाख घर परिवार रहेको नेपालमा कृषक परिवार संख्या ४१ लाख रहेको कार्यालयले जनाएको छ ।

उक्त गणनामा कृषक लगाउने अस्थायी, स्थायी बाली, कृषकले न्यूनतम चार आना जग्गामा काम गर्ने, एउटा भैसी पालेको, पाँच वटा भेडा, च्याङग्रा, खसी, बोका पालेको र २० वटासम्म हाँस, कुखुरा पालेको कृषकको गणना हुने उनले बताए ।

सो कृषि गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाइ, पशुपक्षीको संख्या, कृषि औजारको उपयोग, कृषि कार्यमा संलग्न जनशक्ति, महिलाको नाममा भएको जग्गा, कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरित गृह पद्धतिको प्रयोग, माटो परीक्षण, पशुआहारको श्रोत, कृषि बजारसम्मको पँहुच, कृषि अवशेष वा फोहोरको व्यवस्थापनलगायत कोभिड १९ ले कृषि क्षेत्रमा पु¥याएको असरजस्ता विविध विषयमा तथ्याङ्क सङ्कलन गरिने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार