
नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख २ हजार रुपैयाँ पुगेको छ।
सोमबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४२० रुपैयाँमा कारोबार भइरहेको छ।

