• मंगलबार, भाद्र ३० २०८३

नक्कली सुन देखाएर ठग्ने ३ जना गोरखा प्रहरीकाे नियन्त्रणमा


आइतबार, बैशाख ४ २०७९
615
Shares

गोरखा । नक्कली सुन देखाएर ठग्ने ३ जनालाई गोरखामा प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा संखुवासभा चिचिला गाउँपालिका वडा नं १ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं ९ का ४४ वर्षीय जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका वडा नं १ का ४१ वर्षीय गान्दिप कुमार बस्नेत रहेकाे जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

गोरखा नगरपालिका वडा नं ६ घ्याम्पेसालचोकबाट शंकास्पद अवस्थामा शुक्रवार उनीहरुलाई पक्राउ गरिएको हाे । पक्राउ परेका उनीहरुबाट पहेलो रंग लगाएको सुन जस्तो देखि धातु समेत वरामद गरिएकाे उनले बताए ।

गोरखामा अहिले सम्म पाँच जना पिडितले ठगी कसूर मुद्धामा जाहेरी दिएका छन् । पिडित पाँच जनाबाट आठ तोला ६५ लाल बराबरको सुनका गरगहना, एक थान मोबाईल र ३१ हजार नगद ठगी गरेको जाहेरी प्राप्त भएकाे डिएसपी लामिछानेले बताए ।

पक्राउ परेको तीन जनालाई आइतबार ठगी कसूर अन्र्तगत मुद्धा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार