• शनिबार, साउन ९ २०८३

ग्यासमा कालोबजारी गरे ५ वर्ष कैद


शनिबार, चैत्र ८ २०७६
890
Shares

फाइल तस्विर

काठमाडौं- विश्वभर कोरोना भाइरसको त्रास उत्पन्न भइरहेका बेला नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेका पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेको छ ।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले ग्यास लगायत दैनिक उपभोग्यव वस्तुको कालोबजारी गरेमा पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेको हो ।

बैठकले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने समेत निर्णय गर्ने जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको त्रासले बजारमा ग्यासको अभाव रहेको तथा कालोबजारी भएको उपभोक्ताको गुनासो छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार