• मंगलबार, भाद्र ३० २०८३

छात्रामाथि शिक्षकले दुर्व्यवहार गरेपछि कलेजमा आगजनी


आइतबार, बैशाख ४ २०७९
810
Shares

गैंडाकोटको जनक कलेजका एक शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएर दुर्व्यवहार गरेको विरोधमा विद्यार्थीहरूले कलेजमा आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइफायर गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

४ दिनअघि एक शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएर हिंसा गरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका हुन् । भिडियो देखाउने शिक्षकलाई कारबाही गर्नुपर्ने भन्दै उनीहरूको माग छ । ती शिक्षकले शिक्षकले कलेजको ल्याबमा छात्रालाई अश्लिल भिडियो देखाउँदै दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप लागेको छ ।

घटना घटेको चार दिन बितिसक्दा पनि कारबाही प्रक्रिया सुरु नभएपछि विद्यार्थीहरु आक्रोशित भएका थिए । आरोपित शिक्षकमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनीहरुले कलेज परिसरमा तोडफोड गर्नुका साथै दुईवटा मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

विद्यालय प्रशासनले ओरोपित शिक्षकलाई कारबाहीका लागि बेवास्ता गरेर उल्टै संरक्षण दिएको विद्यार्थीहरूको भनाइ छ । घटनामा केही विद्यार्थीहरु र प्रहरी समेत घाइते भएका छन् ।

विद्यालयका प्राचार्य चुडामणी कँडेलसँग यसबारे बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । जिल्ला प्रहरी प्रमुख प्रज्वल मर्हजनले विद्यालयमा तोडफोड भएको र हिंसा भड्काउने काम भएकाले स्थिती नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्यास प्रहार गरिएको जानकारी दिए । उनले स्थिती भड्किन नदिन त्यहाँ सुरक्षाकर्मी बढाइएको बताए । अहिले कलेज परिसरमा वार्ता चलिरहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार