• मंगलबार, भाद्र ३० २०८३

किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा युवक पक्राउ


आइतबार, बैशाख ४ २०७९
705
Shares

किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको बारबर्दिया नगरपालिका -६ पथ्थरडाँडास्थित खेतमा १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुर्खेत जिल्ला बाह्रताल गाउँपालिका वडा नं -४ घर भइ बारबर्दिया नगरपालिका वडा नं -३ खुरखुरे बस्दै आएका २५ वर्षीय गगन कामी रहेका छन्।

उनले जबर्जस्ती करणी गरेको भन्ने सूचना पश्चात ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीको टोलीले युवकलाई पक्राउ गरेको हो। उनीमाथि जबर्जस्ती करणी कसुर अन्तर्गत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार