• मंगलबार, भाद्र ३० २०८३

स्याङ्जा जीप दुर्घटनाः १ बालकसहित मृतककाे संख्या ५ पुग्याे


आइतबार, बैशाख ४ २०७९
670
Shares

कास्की। स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाकाे मृत्यु भएको छ ।

जीपमा सवार ११ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङमा कार्यरत एक प्रहरीले जानकारी दिएका छन् ।

वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणका अनुसार मृतकहरुको पहिचान गर्ने प्रयास भइरहेको र घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको बताए । उपचारका लागि पोखरा पठाइएकामध्ये दुईजनाको अवस्था भने गम्भिर रहेको बताइएको छ ।

मेयर खाँणका अनुसार दुर्घटना हुने गाडीको नम्बर लगायतको विवरण पनि प्राप्त भएको छैन । यस्तै जीप चालक तथा यात्रुहरुको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार