• मंगलबार, भाद्र ३० २०८३

सन्तोषको मुक्तक संग्रह ‘सयल’ विमोचन


आइतबार, बैशाख ४ २०७९
2.9K
Shares

गोरखा। मुक्तककार सन्तोष अम्गाईको मुक्तक संग्रह ‘सयल’ विमोचन गरिएको छ । सनिवार गोरखा क्याम्पसमा भएको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो।

मुक्तकमञ्च गोरखाका अध्यक्ष मिलन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा क्याम्पसका क्याम्पस प्रमुख रामशरण बानियाँ रहेको मुक्तकमञ्च गोरखाका अध्यक्ष सुनारले जानकारी दिए । अतिथिमा गजलकार प्रदिप रोदन, कवि सुरेन्द्र देवकोटा , प्रध्यापक सन्तोष श्रेष्ठ , प्रध्यापक नवराज पाण्डे आदि रहेको उनले बताए । उक्त कार्यक्रममा श्रष्टा परिचय मुक्तककार किरण ढकालले गरेका थिए ।

त्यस्तै कृतिको समीक्षा सुरेन्द्र देवकोटाले गरेका थिए, भने सरोज परियार, सरला खनाल र सन्तोष श्रेष्ठले संग्रहित मुक्तक गरेको उनले बताए । कार्यक्रममा वक्ताहरु प्रदिप रोदन ,रामशरण बानियाँ तथा सुरेन्द्र देवकोटाले संग्रह भित्र संग्रहित मुक्तक विविध विषयमा प्रभाव पार्नसक्ने निकै दमदार र चोटिला सब्द प्रयोग गरेको उनले बताए । कार्यक्रम सञ्चालन संस्थाकि सचिव सुस्मिता दवाडीले गरेकि थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार