• मंगलबार, भाद्र ३० २०८३

पालुङटारको चुनीघाटमा ओंकार योग आयुर्वेद गुरुकुल भवन शिलान्यास


आइतबार, बैशाख ४ २०७९
790
Shares

गोरखा । गोरखाको पालुङटार नगरपालिका वडा नं ७ स्थित चुदीमा ओंकार योग आयुर्वेद गुरुकुल भवनको शिलान्यास भएको छ। शनिबार एक कार्यक्रमका बीच शिक्षा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र नगरप्रमुख दीपकबाबु कंडेलले संयुक्त रुपमा गुरुकुल भवनको शिलान्यास गरेका हुन् ।

हिन्दुहरुको संस्कार संस्कृतिको संरक्षण गर्न र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले गुरुकुल भवन निर्माण कार्य सुरु गरिएको पालुङटार नगरपालिकाका नगर प्रमुख दीपकबाबु कंडेलले बताए । सो क्षेत्रलाई योगा सेन्टर स्थापना गर्नुका साथै सार्वजनिक जग्गाको संरक्षण गर्नका लागि पनि गुरुकुल भवन निर्माण गर्न लागेको उनले जानकारी दिए ।

गुरुकुल विद्यालय भवन निर्माणका लागि राष्टूपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको ३६ लाख र नगरपालिकाबाट ४ लाख रुपैया विनियोजन भएको विद्यालय व्यवस्थापन समितिका सदस्य विमला खनालले जानकारी दिइन् ।

चार वटा कोठा रहेको एकतले भवन आगामी असार मसान्तसम्ममा सबै काम सम्पन्न हुने उनले बताइन् । आवासीय सुविधा सहितको गुरुकुल भवन निर्माण गर्न लागिएको उनले जानकारी दिइन् । हिन्दु संस्कृति र कर्मकाण्डका विषयमा अध्यापन गराउन विद्यालय भवन निर्माण गर्न लागेको उनको भनाइ छ ।

यसअघि सुविधा सम्पन्न भवन नहुँदा गुरुकुलमा अध्ययनरत विद्यार्थीहरु दुईवर्षसम्म तनहुँको विमलनगरमा कोठा भाडामा लिएर बसेका थिए । चालुवर्ष पालुङटार नगरपालिकाबाट विनियोजित बजेटबाट १० लाखमा अस्थायी प्रकृतिको भवन निर्माण गरिदिएसँगै दुई महिना यता गुरुकुलका विद्यार्थीहरुलाई सोहि अस्थायी भवनमा बस्दै आएका छन् ।

विद्यालयमा हाल विभिन्न जिल्लाबाट आएका सात जना बटुकहरु छन् । आगामी शैक्षिकसत्रपछि भने विद्यार्थीसंख्या बढ्ने विद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव यादव कोइराला, पालुङटार नगरपालिकाका नगरप्रमुख दीपकबाबु कंडेल, वडा नं सातका वडा अध्यक्ष बसन्त श्रेष्ठ लगयातका उपस्थिति रहेको थियो । दरौदिबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार