• मंगलबार, भाद्र ३० २०८३

सत्य र मिलनको स्वरमा ‘सानी र्‍याईं र्‍याईं र्‍याईं…’ सार्वजनिक (भिडिओ)


शुक्रबार, बैशाख २ २०७९
700
Shares

देव गहतराजको प्रस्तुतीमा ‘सानी र्‍याई र्‍याई र्‍याई बोलको गीत सार्वजनिक भएको छ। 

गहतराजकै लेखन र सङ्गीतसमेत रहेको यो गीतमा गायक तथा सङ्गीतकार सत्यराज आचार्य र गायिका मिलन नेवारले आवाज भरेका छन्। नयाँ वर्ष २०७९ को अवसर पारेर यो गीतलाई रिलिज गरिएको हो।

गीतलाई गोपाल रसाईलीले सङ्गीत संयोजन गरेका हुन्। यसको रेकर्डिङ किरण बि. क. र कमल थापाले गरेका हुन् भने मिक्सिङ अनि मास्टरिङ चाहिँ श्यामश्वेत रसाईलीले गरेका छन्।

लोक शैलीमा आधारित डान्सिङ प्याटर्नको गीतलाई म्यूजिक भिडियो सहित तयार पारिएको छ। जसलाई कविराज गहतराजले निर्देशन गरेका हुन्। गीतमा गायक तथा अभिनेता प्रकाश सपूत र नायिका आँचल शर्माले अभिनय गरेका छन्। 

सौरभ लामाको छायाङ्कन अनि अर्जुन जि. सि. को सम्पादन रहेको भिडियोको रङ संयोजन रेनिश फागोले गरेका छन्। भिडियोलाई सत्य-स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार