• मंगलबार, भाद्र ३० २०८३

पोखरामा नववर्ष विशेष विश्व हिन्दू परिषदको मोटरसाइकल र्‍याली


शुक्रबार, बैशाख २ २०७९
900
Shares

This image has an empty alt attribute; its file name is new-year-shubhakamana-2079.gif

पोखरा । नेपाली नववर्ष २०७९ को स्वागत विशेष विश्व हिन्दू परिषद नेपालले पोखरामा मोटरसाइकल र्‍याली कार्यक्रम गरेको छ । परिषदको आयोजनामा बिहीवार बिहान ९ बजे ५० भन्दा बढी व्यक्ति मोटर साइकल सहित सहभागी भएका थिए ।  

परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहले  कार्यक्रममा शुभकामना व्यक्त गर्दै “ इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वंसिद्ध हिन्दू राष्ट्र रहेको बताएका छन् ।” उनले हाम्रो नववर्षलाई गौरवका साथ मनाउँनु पर्नेमा जोड दिए ।

शुभकामना मन्तव्य राख्दै “हाम्रो नववर्ष प्रकृति सम्मत रहेको र बिक्रम सम्बत पात्रो अनुसार भगवान् सूर्य १२ वटा राशीमा एक–एक महिना रहने, उक्त चक्र चैत्र महिनामा पूरा भई बैशाख १ गते पुनः मेष राशीमा प्रवेश गरेर नयाँ वर्ष प्रारम्भ हुने” हिन्दू स्वयंसेवक संघका गण्डकी सम्भाग संघचालक ऋषिराम सापकोटाले बताएका छन् । 

This image has an empty alt attribute; its file name is FB_IMG_16499269487014158.jpg

कार्यक्रम केदारेश्वर महादेव मन्दिरको प्राङ्गण लेकसाइडबाट प्रारम्भ भई हल्लन चोक, जिरो कि.मि., विन्द्यवासिनी, सिम्पानी, बगर , महेन्द्रपुल, न्यूरोड , सिर्जनाचोक, राष्ट्र बैंकचोक, मुस्ताङ चोक, विरौटा हुँदै पुनः केदारेश्वरमा आएर सम्पन्न भएको थियो । परिषद्का कास्की जिल्ला अध्यक्ष राजु बरालको संयोजकत्वमा भएको कार्यक्रम सञ्चालन रविन पौडेलले गरेका थियो । 

This image has an empty alt attribute; its file name is NGO-Fed.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार