• मंगलबार, भाद्र ३० २०८३

कति पुग्यो डलर र दिनारको भाउ? यस्तो छ आजको विनिमय दर


शुक्रबार, बैशाख २ २०७९
625
Shares

शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३२ रुपैयाँ ७० पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३३ रुपैयाँ ३६ पैसा पुगेको छ। 

नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर बढेर ९० रुपैयाँ ५८ पैसा पुगेको छ। यसको बिक्रीदर ९१ रुपैयाँ ३ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने बढेर ९६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४१ पैसा पुगेको छ।

त्यस्तै, आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने घटेर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा पुगेको छ।

युएई दिराम एकको खरिददर आज ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर भने घटेर २८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २८ रुपैयाँ ८८ पैसा पुगेको छ। आज कुवेती दिनार एकको खरिददर ३९८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४०० रुपैयाँ ७९ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२४ रुपैयाँ ०९ पैसा पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार