• सोमबार, भाद्र १ २०८३

प्रेस युनियनको महाधिवेशन स्थगित


शनिबार, चैत्र ८ २०७६
965
Shares

काठमाडौं – चैत २१ र २२ गते निर्धारण गरिएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशन स्थगन भएको छ।

बिहीबार केन्द्रीय सचिवालयको बैठकल विश्वभर कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण बढ्दै गएको र नेपालमा पनि सम्भावित संक्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन नगर्न आग्रह गरेकाले महाधिवेशन स्थगन गर्ने निर्णय गरिएको महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिए।

नेपालगञ्जमा निर्धारण गरिएको नवौं महाधिवेशन अब अर्काे सूचना नभएसम्मका लागि स्थगन गरिएको र कोरोना भाइरको त्रास कम भएपछि नयाँ मिति र स्थान तय गरिने उनको भनाइ छ।

कोरोना भाइरसको संक्रमण मुलुकमा सामान्य भएर सरकारले सभा, सम्मेलन आयोजना गर्न स्वीकृति प्रदान गरेपछि महाधिवेशनको मिति र स्थान निर्धारण गरिने महासचिव सिवाकोटीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार