• मंगलबार, भाद्र ३० २०८३

नयाँ शैक्षिक सत्र आजदेखि, भर्ना अभियान वैशाख ३१  सम्म


शुक्रबार, बैशाख २ २०७९
995
Shares

सरकारले आज (शुक्रबार) देखि विद्यालय तहको नयाँ शैक्षिक सत्र अभियान सुरु गर्दै छ।आगामी जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने तयारीअनुसार आजबाट भर्ना अभियान सुरु गर्न लागिएको हो।

२ जेठबाट नयाँ भर्ना अभियान सुरु गर्न स्थानीय तह र सबै विद्यालयलाई निर्देशन दिइसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ। केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलका अनुसार भर्ना अभियान यही वैशाख ३१ गतेसम्म सञ्चालन गरिने छ।

यस अवधिमा देशभरका सामुदायिक तथा निजी विद्यालयहरूले विद्यार्थीको नयाँ भर्ना लिइसक्नुपर्ने केन्द्रले जनाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गएको चैत २१ गते नै सूचना प्रकाशित गरेर भर्ना अभियान र परीक्षा सञ्चालन वैशाखभित्रै सक्न स्थानीय र विद्यालयहरुलाई निर्देशन दिएको थियो।

यस वर्ष भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न भनिए पनि भर्ना अभियान भने नाराजुलुससहित नगर्न केन्द्रले निर्देशन दिएको छ। सरकारले कोभिड संक्रमण अघिसम्म वैशाख १ गते नारा जुलुस नै गरेर नयाँ भर्ना अभियान सञ्चालन गर्दै आएको थियो। कोरोना संक्रमणको जोखिम अझै अन्त्य नभइसकेको कारण नाराजुलुसबाहेक वैकल्पिक माध्यमबाट भर्ना अभियान सञ्चालन गर्न केन्द्रले भनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार