• मंगलबार, भाद्र ३० २०८३

राष्ट्रपति भण्डारीबाट गोरखाका पाँच जनालाई बिभिन्न पदकबाट विभुषित


शुक्रबार, बैशाख २ २०७९
860
Shares

गोरखा । नयाँ वर्ष २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गोरखाका पाँच जनालाई बिभिन्न पदकबाट विभुषित गरिएकाे छ । बिहिबार सित्तल निबासमा आयोजित विशेष कार्यक्रमका वीच बिभिन्न क्षेत्रमा याेगदान पुर्याउने पाँच जनालाई विभुषित गरिएकाे हाे।

जसमा गोरखाका तीनजना राजनीतिकर्मीलाई मरणोपरान्त र दुईजना सामाजिक अभियान्तालाई पदक तथा मानपद्वी प्रदान गरिएकाे बताइएकाे छ ।

मरणोपरान्त विभुषित हुनेहरुमा सुरेश वाग्ले, कमला भट्ट र दलसिँह कामी रहेका छन् । जसमा राष्ट्रपति भण्डारीद्धारा वाग्लेलाई प्रसिद्ध प्रवल जनसेवाश्री, भट्ट र कामीलाई प्रवल जनसेवाश्री पदकले विभूषित गरेकी छन् ।

त्यस्तै मेदिनीबहादुर लामिछानेलाई समेत प्रवल जनसेवाश्री पदक र मोहनलाल श्रेष्ठलाई जनसेवा श्री पदकद्वारा विभूषित गरिएकाे छ । भिमसेन थापा गाउँपालिका ३ घर भएका लामिछाने शिक्षासेवी तथा अभियान्ता हुन भने गोरखा नगरपालिका ६ पाटेचाैर घर भएका श्रेष्ठ गोरखाका पुराना समाजसेवी र सामाजिक अभियान्ताका रुपमा परिचित छन् ।

मरणोपरान्त विभूषित हुने वाग्ले र भट्ट माओवादी जनयुद्ध कालमा नेपाली सेनाको कारबाहीबाट सहादत प्राप्त गरेका माओवादी नेता भने पूर्व राष्ट्रिय सभाका सदस्य समेत रहेका कामी कांग्रेस गोरखाका नेता थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार