• मंगलबार, भाद्र ३० २०८३

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक


बिहिबार, बैशाख १ २०७९
975
Shares

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ‘ह्याक’ भएको छ।

एन्फाले बिहीबार ट्विटरमार्फत आफ्नो आधिकारिक फेसबुक पेज ह्याक भएको जानकारी दिएको हो।

ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजारभन्दा बढी लाइक र २ लाख १४ हजारभन्दा बढी फलोअर्स रहेका छन्।

पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो। यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेजसमेत बनाइसकेको जानकारी दिएको छ। एन्फाका अनुसार पुरानो पेज डिलिट गर्ने प्रकृया सुरू गरेकाले यसमा अब कुनै अपडेट नआउनेसमेत बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार