• मंगलबार, भाद्र ३० २०८३

गोरखाको लाप्राकमा ग्रामीण चलचित्र महोत्सव हुने


बिहिबार, बैशाख १ २०७९
680
Shares

गोरखा। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आगामी वैशाख ५ गतेदेखि ७ गतेसम्म गोरखाको लाप्राकमा आयोजना हुने भएको छ । चलचित्र विकास बोर्डको सहकार्य र सेलिब्रिटी नेपालको आयोजनामा फेस्टिभल हुन लागेको हो । ग्रामीण कथावस्तुमा बनेका फिल्मलाई फेस्टिभलमा सहभागी गराइने जनाइएको छ । तीन दिनको अवधिमा ३५ वटा चलचित्र प्रदर्शन गरिने उनले बताए ।

‘एउटा ग्रामीण भेगका अर्को ग्रामीण भेगमा बनेका चलचित्र प्रदर्शन गर्दा त्यस्ता चलचित्रको प्रवद्र्धन हुने सापकोटाले बताए । ‘त्यसैले हामीले तराईका गाउँमा बनेका चलचित्र पहाडी, हिमाली गाउँहरुमा देखाउने, पहाडी गाउँमा बनेका चलचित्र तराई तथा हिमाली गाउँहरुमा देखाउँदैछौँ ’ सापकोटाले भने । साथै गाउँका स्थानीय दन्त्यकथाहरु सुन्ने कार्यक्रम पनि राखिने उनले बताए ।

लाप्राक र यस आसपासमा स्थानीय भाषाका धेरै चलचित्र निर्माण तथा सुटिङ भएको भन्दै लाप्राकका वडाअध्यक्ष राज गुरुङले ग्रामीण चलचित्र महोत्सव आयोजना गरेपछि झन यसको विकास हुने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार