• मंगलबार, भाद्र ३० २०८३

अभिनेता सलोनले खोले आसन लाउन्च एण्ड बार


बिहिबार, बैशाख १ २०७९
690
Shares

अभिनेता सलोन बस्नेतले ‘आसन लाउन्च एण्ड बार’ सञ्चालनमा ल्याएका छन्। नयाँ वर्षको अवसर पारेर ललितपुरस्थित झम्सीखेलको बिग मार्ट अगाडि सलोन र उनका साथी रविन कँडेलले बार सञ्चालनमा ल्याएका हुन्।

एक करोडभन्दा बढी लगानी रहेको यो बारमा हरेक दिन लाइभ म्युजिक हुने बताइएको छ। बारमा सफिक हप ब्यान्डले गीत गाउने छन्। उक्त ब्यान्डको ‘वकिङ फिलिली’ बोलको गीत चर्चामा छ।

बारमा इन्डियन, चाइनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए। ‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ सुविधा पनि छ। यहाँ एक सय ५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनुहुनेछ,’ उनले भने।

सलोन अभिनित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार