• मंगलबार, भाद्र ३० २०८३

गोरखामा चट्याङ लागेर एक युवक बेहोस


बिहिबार, बैशाख १ २०७९
685
Shares

गोरखा । आफ्नै घरको पिढीमा बसी रहेको अवस्थामा चट्याङ लागेर गोरखाको सिरानचोक गाउँपालिका ३ हर्मीमा एक युवक बेहोस भएका छन् । बुधवार साँझको हावाहुरी र वर्षात सँग चट्याङ पर्दा १६ वर्षका कैलाश भण्डारी घाईते भएका हुन् ।

महेन्द्र लिला मावि हर्मीमा कक्षा ११ मा पढ्ने भण्डारी चट्याङ लागेर बेहोस भएका थिए । उनलाई उपचारका लागि आँपपिपल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

चट्याङ लागेपछि बेहोस भएकोले घाईतेलाई तत्काल आँपपिपल अस्पतालमा पुर्याउदा उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार