गोरखा । ठेकेदारले सडक निर्माणमा ढिलाई गरेपछि स्थानीय बिरोधमा उत्रिएका छन् । १२ किलो छेवेटार मसानेठाँटी सडक निर्माणको काम लामो समय देखि अलपत्र परेको भन्दै मंगलबार स्थानीयले सडक अवरुद्ध गरेर बिरोध जनाएका हुन् ।
छेवेटार र बाह्रकिलो आसपासका स्थानीयहरुले गोरखा नगरपालिका ११ सिद्र्धिखोला नजिकै सातबिसे आँपको बगैचामा भेला भएर आक्रोश पोखेका हुन् ।
सडकमा काठको मुढा तेस्र्याएर बिरोधमा उत्रिएका स्थानीयले तत्काल कालोपत्रेको काम सुरु गर्न आग्रह गरेका छन्, । कालोपत्रेको काम सुरु नहुञ्जेल सडकमा पानी हाल्न पर्ने स्थानीयको माग छ ।
उक्त सडक छेउमै घर भएका छेवेटारका स्थानीय उत्तम भट्टले निर्माणको जिम्मा लिएका हुन् । गोरखा एप्राप्रियट रि कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको उक्त सडक २०६६ सालमा कालोपत्र भएको पनि पूर्ण रुपमा भत्किएपछि फेरी बनाउन लागिएको हो ।