• मंगलबार, भाद्र ३० २०८३

गोरखामा एक महिने ढाकाटोपी बनाउने तालिम सम्पन्न


बुधबार, चैत्र ३० २०७८
820
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

गोरखा। महिलाहरुलाई आत्मनिर्भर बनाउन र रोजगारीमा सहभागीता गराउन गोरखामा एक महिने ढाकाटोपी बुन्ने तालिम सम्पन्न भएकोे छ ।

गोरखकाली हस्तकला उद्योगमा भएको तालिममा गोरखा महिला उद्यमी सघं नेपालको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोग रहेको थियो ।

उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम अन्तरगत महिलाहरुलाई एक महिने ढाकाटोपी बुन्ने तालिम संचालन गरिएको हो । नगरपालिकाको करिब दुई लाखको बजेटबाट संचालन गरिएको एक महिने तालिमको अवधिमा ढाकाको टोपी, कालो टोपी बुन्ने तालिम दिइएको महिला उद्यमी सघंकी अध्यक्ष रिता रेग्मी अर्यालले बताइन ।

No description available.

उक्त तालिममा १० जना सहभागी भएका थिए । संस्थाका अध्यक्ष अर्यालको अध्यक्षता तथा गोरखा नगरपालिका उपप्रमुख वीनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा उघोग बाणिज्य सङ्घका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ , प्रशिक्षार्थी मुना बोहोरा लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार