
बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ १ लाख १ हजार रुपैयाँ पुगेको छ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

