• मंगलबार, भाद्र ३० २०८३

फिलिपिन्समा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु


मंगलबार, चैत्र २९ २०७८
500
Shares

काठमाडौं । फिलिपिन्समा उष्णीय (उष्णकटी बनधीय) आँधीका कारण आएको बाढीपहिरोमा परी कम्तीमा २५ जनाको ज्यान गएको छ ।

बीबीसीका अनुसार आज उद्धार टोलीले दक्षिणी तटमा फसेका मानिस निकाल्ने प्रयास गरिरहेका छन् । पूर्वीतटमा आँधी आएपछि १३ हजारभन्दा बढी मानिस उच्च स्थानमा भएका आश्रयस्थलतर्फ गएका छन् । 

भारी वर्षा र हावाहुरीले विद्युत् आपूर्ति अवरुद्ध भएको छ । बाढीपहिरोका कारण गाउँ हिलाम्मे भएका छन् । मध्य एवं दक्षिण फिलिपिन्समा आइतबार आएको ‘मेगी’ नामक आँधीको गति प्रतिघण्टा ६५ किलोमिटरसम्म थियो । फिलिपिन्स यस्ता आँधी बर्सेनि औसतमा २० पटक चल्ने गर्छन् ।१२ खरीबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार