• मंगलबार, भाद्र ३० २०८३

मेलम्चीको पानी काठमाडौं लैजान सुरुङमा पठाइयो


मंगलबार, चैत्र २९ २०७८
660
Shares

काठमाडौं । मेलम्चीको खानेपानी आजदेखि सुरुङमा पठाइएको छ । पानी फिलिङका लागि अम्बाथानस्थित एक नम्बर गेटबाट सुरुङमा पानी पठाइएको हो ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले सुरुङबाट प्रतिसेकेण्ड २६५ लिटरका दरले पानी पठाइएको बताए । उनका अनुसार अब सुरुङ भरिन थप केही दिन लाग्नेछ । सरकारले चैत मसान्तभित्र पानी ल्याउन गरेको घोषणाअनुसार पानी पठाइएको पन्तले बताए ।

खानेपानी मन्त्री उमाकान्त चौधरी १ नम्बर गेटबाट पानी पठाएर ३८ नम्बर गेट खोली  खानेपानीको उद्घाटन गरेको समितिले जनाएको छ । सबै काम सकिएर अबको १० देखि १५ दिनभित्रमा पानी काठमाडौंका धारामा पुग्ने जनाइएको छ ।

गत चैत १५ गतेदेखि काठमाडौंमा वितरण गरिएको थियो । असार १ गते र साउनमा आएको बाढीले आयोजनामा क्षति पुर्‍याएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार