• मंगलबार, भाद्र ३० २०८३

चितवनबाट तनहुँमा कुखुरा ल्याउन रोक


मंगलबार, चैत्र २९ २०७८
815
Shares

तनहुँ। जिल्लामा बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट कुखुरा, चल्ला, अन्डा र सुली ल्याउन रोक लगाइएको छ । बर्डफ्लु रोग नियन्त्रण समितिले यस्तो निर्णय गरेको हो ।

चितवनलगायत क्षेत्रमा पन्छीमा बर्डफ्लु संक्रमण देखिएकाले आवश्यक सतर्कता अप्नाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले बताए ।

पछिल्लो समय चितवनको खैरहनी–२, भरतपुर–८ र भरतपुर–२३ मा रहेका फार्ममा बर्ड फ्लु पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार