• शनिबार, साउन ९ २०८३

मनाकामना बहिरा स्कुलले गुरुयाेजना बनाउदै


बुधबार, चैत्र ५ २०७६
1.3K
Shares

गोरखा । मनकामना बहिरा आवासिय माध्यामिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि सरोकारवालाहरु छलफलमा जुटेका छन् ।

गोरखा नगरपालिका १० बिरेनचोकमा रहेको सो विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि गुरुयोजना निर्माण गर्ने उदेश्यले मंगलबार सुझाव संकलन कार्यक्रम भएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष खडानन्द रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

गण्डकी प्रदेश स्तरिय पूर्वाधारयुक्त विशेष शिक्षा आवासिय विद्यालय कार्यक्रम अन्तरगत मनकामना बहिरा माविले गुरु योजना निर्माणको तयारी थालेको हो ।

प्रदेशभरबाट छनौटमा परेको सो विद्यालयको भौतिक विकास गर्दै सबै किमिसमा अपांगता भएका बालबालिकाहरुलाई बिशेष शिक्षा प्रदान गर्ने लक्ष्य सहित गुरुयोजना निर्माणको प्रकृया अघि बढाइएको प्रधानाध्यापक अनिल अम्गाईले जानकारी दिए ।

कार्यक्रममा जिल्लामा अपांगता क्षेत्रमा कार्यरत बिभिन्न सामाजिक संघसंसस्था, नगरपालिकाका कार्यपालिका सदस्य, कर्मचारीबिच छलफल गरी सुझाव संकलन भएको छ । प्राप्त सुझावलाई गुरुयोजनामा समेटेर डिपिआर निर्माणको तयारीमा विद्यालय रहेको प्रअ अम्गाईले बताए ।

गण्डकी प्रदेश सरकारबाट यस बर्ष बिनियोजन भएको १ करोड रुपैया बजेटबाट डिपिआर निर्माणसम्मको काम सक्ने तयारी विद्यालयको छ । त्यसका लागि विज्ञहरु समेत नियुक्त गरी प्रकृया अघि बढाइएको उनले बताए ।

विद्यालयमा हालसम्म बहिरा बालबालिकाले मात्रै अध्ययन गर्दै आएकोमा आगामी सालबाट प्रदेशभरका जुनसुकै अपांगता भएका बालबालिकालाई पनि आवासिय रुपमा राखेर बिशेष शिक्षा प्रदान गर्ने तयारी रहेको प्रअ अम्गाईले जानकारी दिए । सुरुवाती चरणमा २ सय विद्यार्थीले सो सुविधा पाउने उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार