• मंगलबार, भाद्र ३० २०८३

सुबाश  र एलिशिबा फिचर्ड  ‘तिमीलाई मैले देखेको’सार्वजनिक ( भिडियो )


सोमबार, चैत्र २८ २०७८
1.8K
Shares

काठमाडौं। युवा गायक मनोज श्रेष्ठ (जेन)को स्वर, शब्द र संगीतमा समावेश  ‘तिमीलाई मैले देखेको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतलाई राहुल बिश्वकर्माले संगीत संयोजन गरेका हुन्।

काठमाडौंको गोकर्णेश्वर नजिकै रहेको जग्डोल पार्कमा छायाँकन गरिएको यस भिडियोमा सुबाश शाह र एलिशिबा फुँयाल बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। मिराज अर्यालले छायाँकन गरेको भिडियोलाई सुबाश शाहले सम्पादन गरेका हुन्।  

फोर बि पिक्चर्सको प्रस्तुति रहेको यस भिडियोलाई प्रोमोशन नेपाल सँगको सहकार्यमा तयार पारिएको हो। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक श्रेष्ठको आधिकारिक च्यानल ‘जेन श्रेष्ठ’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। गायक श्रेष्ठले यसअघि ‘अँध्यारो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार