• शनिबार, साउन ९ २०८३

कोरोनाभाइरसको त्रास : आइपीएल छोट्याउने तयारी


बुधबार, चैत्र ५ २०७६
1K
Shares

काठमाडौं – कोरोनाभाइरसको जोखिम बढेपछि इण्डियन प्रमियर लिग (आइपीएल) छोट्याउने तयारी भएको छ ।

मार्च २९ देखि सुरु हुने तय भएको भारतीय आईपीएल १७ दिन पछि सरिसकेको छ ।

घोषित नयाँ मिति अप्रिल १५ मा पनि लिग सुरु हुनेमा आशंका ब्याप्त छ ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले मार्च महिनाको अन्तिमसम्म भाइरसको प्रकोपलाई हेरेर थप निर्णय लिने बताएका छन् । उनले आईपीएललाई छोट्टाएर खेलाउन सकिने समेत बताएका छन् ।

भाइरसकै कारण दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय सिरिज समेत भारतले रद्द गरिएको छ । गांगुलीले खेलाडीको स्वास्थ्यलाई ध्यानमा राखेर सिरिज रद्द गरिएको जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार