
नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला १ लाख १ सय रुपैयाँमा झरेको छ।
त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा आइपुगेको छ।
सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १३६५ रुपैयाँमा कारोबार भइरहेको छ।

