• शनिबार, कार्तिक १५ २०८३

घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?


सोमबार, चैत्र २८ २०७८
670
Shares

नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला १ लाख १ सय रुपैयाँमा झरेको छ।

त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा आइपुगेको छ।

सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १३६५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार