• मंगलबार, भाद्र ३० २०८३

बिहीवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने 


सोमबार, चैत्र २८ २०७८
525
Shares

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवारदेखि परीक्षण उडान सुरु हुने भएको छ । आगामी जेठ २ गतेबाट व्यवसायिक उडान गर्नका लागि वैशाखमा परीक्षण उडानको तयारी गरिएको विमास्थलका महानिर्देशक गोविन्द दाहालले बताए ।

व्यवसायीक उडानका लागि १२ कम्पनीहरूले प्रस्ताव अघि सारेको र आवश्यक अध्ययन भईरहेको समेत उनले बताए । उडानका लागि आवश्यक उपकरण सबै प्राप्त भईसकेको छ भने जनशक्ति पनि आबस्यक मात्रामा नियुक्त भईसकेका छन् ।

सीआईएनसँग कुराकानी गर्दै विमानस्थलका महानिर्देशक दाहालले नेपाल वायु सेवा निगमले व्यावसायिक प्रयोजनका लागि पहिलो परीक्षण उडान गर्ने मिति तय गरेको भए पनि आधाकारीक रुपमा विमानस्थललाई भने हालसम्म जानकारी नआएको बताए ।

विमासथलमा गत फागुन पहिलो सातादेखि १० दिन यान्त्रिक परीक्षण उडान गरिएको थियो । त्यस परीक्षणको नतिजा अनुरूप भैरहवा विमानस्थल उडान योग्य रहेको प्रतिवेदन प्राप्त भए पछि प्राधिकरणले व्यवसायिक उडानको तयारी गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार