• मंगलबार, भाद्र ३० २०८३

कारले ठक्कर दिँदा तीन पैदलयात्रीको मृत्यु


सोमबार, चैत्र २८ २०७८
660
Shares

बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु भएको छ।

प्रदेश ३–०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको वीपीचोक नजिक गएराति पौने १२ बजे ठक्कर दिँदा पैदल यात्रु ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि अन्सारी इद्रिसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याएका थिए। १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो।

प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार