• मंगलबार, असोज १३ २०८३

अमेरिकन आइडलमा दीवेशले जिते जज र दर्शकको मन


बुधबार, चैत्र ५ २०७६
1000
Shares

काठमाडौं। अमेरिकी आइडलमा नेपाली गायक दीवेश पोखरेलले दोस्रो प्रस्तुति दिएका छन्।

पहिलो प्रस्तुतिमै चर्चा बटुलेका दीवेशले दोस्रो प्रस्तुतिमा जज र उपस्थित दर्शकको मन जितेका छन्।

अमेरिकन आइडलले युट्युब च्यानलमा राखेको भिडिओमा उनले आफू सगरमाथाको देश नेपालबाट आएको बताएका छन्। आफ्नै प्रतिस्पर्धीसँग कुरा गर्दै उनले नेपालको परिचय दिएका छन्। 

नमस्ते भनेर गीतार बजाउँदै ‘हार्ड टु ह्यान्डल’ गीत गाए। उनको प्रस्तुतिमा जजहरूसँगै उपस्थित दर्शक पनि निकै रमाएका थिए।  

प्रस्तुति पूरा गरेपछि सबैले ‘मोर मोर’ भन्दै उनलाई केहीबेर गाउन लगाएका थिए। स्टेज बाहिर पुगिसकेपछि उनले आफू दर्शक र जजहरूको मन जित्न सफल भएको बताएका थिए। 

दीवेशको प्रस्तुतिलाई जजहरूले विश्वचर्चित गायक बब मार्लीसँग तुलना गरेका थिए। उनको प्रस्तुतिले मार्लीको याद दिलाएको भन्दै प्रशंसा गरेका थिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार