• मंगलबार, भाद्र ३० २०८३

मोटरसाइकल दुर्घटना हुँदा ७५ बर्षीया बृद्धाको मृत्यु


आइतबार, चैत्र २७ २०७८
565
Shares

तनँहुमा मोटरसाइकल दुर्घटना हुँदा एक बृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी छन्।

आइतबार बिहान व्यास नगरपालिका–१ मा हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टीदा पछाडी सवार उनी घाइते भएकी थिइन्।

उपचारको लागि जिल्ला अस्पताल दमौलीमा लगिएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार