• मंगलबार, भाद्र ३० २०८३

उदयको स्वर, आधारको संगीतमा  ‘तिम्रो  साथ’ सार्वजनिक ( भिडियो )


आइतबार, चैत्र २७ २०७८
1.2K
Shares

काठमाडौं। अमेरिकाको ओहायो सहर निवासी गीतकार रमेश लुइँटेलको प्रेमिल शब्दमा रहेको ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर लोकप्रिय गायक उदय सोताङको रहेको छ।

यस गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतवद्द गरेका हुन्। गीतमा कर्म ग्याल्छेन  बम्जनको संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा सुजिता सिवाकोटी,  दिपेश परियार र श्रीयम लामाको  अभिनय रहेको छ।  साथ छुट्ला भन्ने डरले  आफ्नो शाररिक समस्या  प्रेमिकालाई नभन्दा सिर्जना भएको दुखद परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ।  

राम केसीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।  टिम मुक्तिनाथको  निर्देशनमा भिडियो तयार पारिएको हो।  ‘नेपाली मेलोडिज’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार