• आइतबार, भाद्र २१ २०८३

बडफ्लुको सङ्क्रमण भित्रिन नदिन गोरखाको सीमामा सुरक्षा निगरानी बढाइने


आइतबार, चैत्र २७ २०७८
775
Shares

गोरखा। गोरखामा बडफ्लु नियन्त्रणका लागि जिल्ला प्रवेश गर्ने नाकाहरुमा निगरानी कडाइ गर्न थालेको छ।

बडफ्लु रोग नियन्त्रण जिल्ला स्तरीय समन्वय समितिको वैठकले जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरुमा निगरानी बढाउने निर्णय भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाकी प्रमुख लक्ष्मी पौडेलले बताइन् ।

वैठकमा जिल्लाका प्रमुख गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट लगायतका नाकामा निगरानी बढाउने र सोको सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्ने निर्णय भएको पौडेलले बताइन् ।

त्यस्तै, जिल्लाभित्र बडफ्लु फैलिन नदिनका लागि जिल्ला भित्रिने तथा बाहिरिने पंन्छी तथा पंछीजन्य पदार्थ ढुवानीकर्तासँग नेपाल पशु चिकित्सक परिक्षण दर्तावाला पशु चिकित्सकबाट जारी भएको स्वास्थ्य प्रमाण पत्र भए नभएको चेकजाँच गर्ने र नभएको अवस्थामा ढुवानी कार्यमा रोक लगाउने निर्णय भएको उनले जानकारी दिइन् ।

जिल्लामा पालन भैरहेको पन्छीहरुमा बडफ्लु रोगको निगरानीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले रोग सर्भिलेन्स टिमलाई सक्रिय रुपमा पन्छी फार्म र बजार सर्भिलेन्स गर्ने र नमूना संकलन गरी पशुपन्छी अन्वेषण प्रयोगशालामा परिक्षणको लागि पठाउने वैठकले निर्णय गरेको छ ।

बडफ्लु रोगको रोकथाम र न्यूनीकरणका लागि स्थानीय तहको पशुसेवा शाखा तथा भेटेरिनरी अस्पतालमा जानकारी दिन समेत सरोकारवालाहरुलाई अनुरोध निर्णय गरेको छ । गोरखामा हाल बडफ्लु नदेखिएको बताउदै कसरी सजगता अपनाउने भनेर जिल्लाका सरोकारवाला नियकाहरुसँग छलफल गरिएको पौडेलले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार