• सोमबार, भाद्र १ २०८३

गण्डकी प्रदेशका ७२ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाइने


बुधबार, चैत्र ५ २०७६
1K
Shares

गण्डकी प्रदेश सरकारले यस वर्ष ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको छ ।

गोरखा सहित प्रदेशका ११ वटै जिल्लाका ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको हो।

गत वर्ष पनि प्रदेश सरकारले प्रदेशसभाको ३६ निर्वाचन क्षेत्रमा एक/एक ‘नमूना कृषि गाउँ’ छनोट गरेको थियो।

यस वर्षको समेत जम्मा ७२ गाउँलाई कृषि क्षेत्रका लागि नमूना गाउँ बनाउन गृहकार्य थालिएको हो।

व्यावसायिक कृषि उत्पादनका माध्यमबाट पाँच वर्षभित्रमा आधारभूत खाद्य उत्पादनमा आत्मर्निभर बन्ने लक्ष्यका साथ प्रदेश सरकारले नमूना कृषि गाउँलाई प्राथमिकतामा राखेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार