• मंगलबार, भाद्र ३० २०८३

गोरखाकी एलिजालाई ‘स्टार अफ द इयर’ अवार्ड


शुक्रबार, चैत्र २५ २०७८
790
Shares

गोरखा । गोरखाकी एलिजा गुरुङ्ग ‘स्टार अफ द इयर’ बाट सम्मानित भएकी छिन् । आरके मनाेरञ्जन समुहकाे बाइसाै बार्षिकउत्सवकाे अवसरमा उनलाई नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डययन मन्त्री प्रेम बहादुर आले मगरले साे अर्वाडबाट सम्मान गरेका हुन् ।

पूर्व मिस आदीवासी जनजाती समेत रहेकी गुरुङ्गलाई समाजसेवामा पुर्याएकाे याेगदानकाे कदर गर्दै साे अवार्ड प्रदान गरिएकाे आयाेजक आरके मनाेरञ्जन समुहले जनाएकाे छ ।

विशेष गरेर काेराेना भाइरसकाे जाेखिम उच्च रहेका बेला भएकाे लकडाउनमा गोरखा, मनाङ लगायतका जिल्लासहित उच्च हिमाली क्षेत्र र अन्य स्थानहरुमा खाद्धान्न लगायतका राहत सामाग्री वितरणमा सकृय रहेकी उनलाई ‘स्टार अफ द इयर’ घाेषित गर्दै सम्मान गरिएकाे समुहका अध्यक्ष राम केसीले जानकारी दिए ।

उनलाई बिहिबार एक कार्यक्रमका वीच मन्त्री आलेले साे सम्मान प्रदान गरेका हुन् । गोरखा धार्चे घर भएकी गुरुङ्गलाई धार्चे गाउँपालिकाले बालविवाह न्युनिकरण सद्भावना दुत समेत घाेषणा गरेकाे थियाे । गुरुङ्ग केहि बर्ष यता गोरखाकाे धार्चेमा बालबिवाह न्यूनिकरण अभियानमा सकृय रहदै आएकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार