• मंगलबार, भाद्र ३० २०८३

सुरक्षाको स्वर, टिकाको संगीतमा ‘निशब्द’ सार्वजनिक ( भिडियो )


बिहिबार, चैत्र २४ २०७८
670
Shares

काठमाडौं। नायक आकाश श्रेष्ठ र गायिका सुरक्षा सेन्चुरी एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्।  गायिका सेन्चुरीकै स्वरमा समावेश ‘निशब्द’ बोलको म्युजिक भिडियोमा उनीहरु देखिएका हुन्।  

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस  गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन्। राहुल प्रधानको गीतमा संगीत संयोजन रहेको छ।

 बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  गायिका सेन्चुरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार