• मंगलबार, भाद्र ३० २०८३

अभिनेत्री सुष्मा कार्कीले बेचिन् आफ्नो फेसबुक पेज


बिहिबार, चैत्र २४ २०७८
1.9K
Shares

अभिनेत्री सुष्मा कार्कीले ९ लाख बढी लाइक भएको फेसबुक पेज बिक्री गरेकी छन्। उनको फेसबुक पेज भेरिफाइड समेत भइसकेको छ।

  

उनको फेसबुक पेजको नाम र युजरनेम परिवर्तन भइसक्दा पनि भेरिफाइड मार्क हटेको छैन। उनको पेजबाट एक अनलाइन मिडियाले समाचार पोस्ट गरिरहेको छ। 

केहि समयदेखि सुष्मा सामाजिक सञ्जालबाट टाढिएकी छन्। उनले नकारात्मक प्रतिक्रिया धेरै आउन थालेपछि सामाजिक सञ्जालबाट टाढिएको प्रतिक्रिया दिन थालेकी छन्। ‘मेरो एउटा साथी छ’ फिल्मबाट डेब्यू गरेकी सुष्मा आइटम नृत्य गरेर चर्चामा आएकी थिइन्। 

विभिन्न कुरामा अभिव्यक्ति दिने सुष्मा पछिल्लो समय गसिपको पात्र बन्दै आएकी छन्। उनको अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा गाली आउन थालेपछि फेसबुक पेज बिक्री गरेको बुझिन्छ। सुष्माले भेरिफाइड इन्स्टाग्राम अकाउन्टबाट पनि सबै तस्बिरहरू हटाएकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार