
दुई वर्षपछि नेपालमा कोभिड–१९ को नयाँ संक्रमितको संख्या एकल अंकमा झरेको छ ।
पछिल्लो २४ घण्टामा देशभर चार हजार ६६८ जनामा गरिएको नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा देशभरबाट २५ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७४७ छ ।
आज ५० हजार ९३ जनाले कोभिड–१९ विरुद्धको खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


