• शनिबार, कार्तिक १५ २०८३

कतारी रियाल एकको खरिदमा ३३ रुपैयाँ, यस्तो छ आजको विनिमय दर 


बिहिबार, चैत्र २४ २०७८
820
Shares

बिहीबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५२ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३१ रुपैयाँ ८५ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३२ रुपैयाँ ५१ पैसा पुगेको छ। 

नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५५ पैसा पुगेको छ। यसको बिक्रीदर ९२ रुपैयाँ पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९७ रुपैयाँ २४ पैसा पुगेको छ।

त्यस्तै, बिहीबार कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा पुगेको छ। 

युएई दिराम एकको खरिददर भने ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर आज २८ रुपैयाँ ६९ पैसा र बिक्रीदर २८ रुपैयाँ ८३ पैसा पुगेको छ। 

आज कुवेती दिनार एकको खरिददर बढेर ३९६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२० रुपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२२ रुपैयाँ ३१ पैसा पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार