• मंगलबार, भाद्र ३० २०८३

फिल्म ‘मैले आइ लभ यु भन्नै सकिनँ’ शुक्रबार देखि प्रदर्शन हुने


बिहिबार, चैत्र २४ २०७८
715
Shares

प्रेमकथामा निर्माण भएको फिल्म ‘मैले आइ लभ यु भन्नै सकिनँ’ आगामी शुक्रबार अर्थात् २५ चैत्रमा देशव्यापी प्रदर्शन हुने भएको छ ।

बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशनमा बनेको फिल्मको सोमबार चलचित्र बिकास बोर्डमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलरका साथै ‘मुस्ताङको बजार’ बोलको गीत सार्वजनिक गर्यो ।

राजेश पायल राई र मेलिना राईको स्वर, दीपक रमणको शब्द, संगीत रहेको गीतमा बुद्धि तामाङ, अञ्जली अधिकारी, राजाराम पौडेल, स्व.जयनन्द लामा, सुजन नेपाली, कविता पुरीलगायतका कलाकारको अभिनय छ  ।

कबिराज गहतराजले कोरियोग्राफी गरेको गीतमा राम्रै खर्च भएको निर्माण युनिटले जानकारी दियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार