• मंगलबार, भाद्र ३० २०८३

नेकपा एकीकृत समाजवादीको लाप्राक अध्यक्षमा गुरुङ चयन


बुधबार, चैत्र २३ २०७८
505
Shares

गोरखा । नेकपा (एकीकृत समाजवादी) धार्चे गाउँपालिका वडा नं ४ लाप्राकको अध्यक्षमा अपिल गुरुङ चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादीले मंगलबार पार्टीको वडास्तरीले भेलाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।

गुरुङको अध्यक्षतामा धार्चेमा ३६ सदस्यी कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा आस बहादुर गुरुङ, नवराज गुरुङ, सचिवमा सन्त बहादुर गुरुङ र उप सचिवमा हरि बहादुर गुरुङ चयन भएका छन् ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै धार्चेका सबै वडामा कमिटी गठन भइरहेको पार्टीले जनाएको छ ।

नेकपा एकीकृत धार्चे गाउँपालिकाका संयोजक किरण गुरुङको अध्यक्षता तथा पार्टीका जेष्ठ सदस्य विस बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार