
एक नाम नखुलाइएको ६१ वर्षीय पुरुषले जर्मनमा कोभिड–१९ खोपको ९० डोज लिएको पाइएको छ ।
उनी खोप लिन नमानेका मानिसलाई खोपको प्रमाण पत्र बिक्री गरेर पैसा कमाउन चाहन्थे । नाम सार्वजनिक नगरिएका पूर्वी जर्मन सहर माग्देबर्गका पुरुषले विभिन्न खोप केन्द्रबाट कोभिड–१९ को ९० डोज लिन सफल भएका थिए ।
उनी यसै महिनाको सुरुमा पक्राउ परेका थिए । उनलाई इलेनबर्गको साक्सोनी खोप केन्द्रमा दोस्रो दिन पनि खोप लगाउन आएपछि उनको यस किसिमको अचम्मको काम सार्वजनिक भएको हो । उनले त्यहाँ पनि कोभिडको खोप दिनका लागि आग्रह गरेका थिए ।
उनी यो खोप कार्ड खोप नलगाएकाहरुलाई बिक्री गरेर पैसा कमाउन चाहन्थे ।


