• मंगलबार, भाद्र ३० २०८३

नाटक‘शिरीषको फूल’ पोखरामा मञ्चन हुँदै


बुधबार, चैत्र २३ २०७८
660
Shares

मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूललाई नाटकमा देखाउन लागिएको छ । बिहीबार पोखरा थियटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गर्न लागिएको हो ।

२७ चैतसम्म मञ्चन हुने नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नेछन् । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुन लागेको आयोजकले जनाएको छ । शनिबार भने दिउँसो १ बजे पनि देखाइने छ ।

केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारले अभिनय गरेका छन् । थिएटर मलका संस्थापक तथा परिकल्पनाकार केदार श्रेष्ठले शिरीषको फूलको देशयात्रा पोखराबाट गर्न लागेको बताए ।

पोखरा थिएटर संस्थापक परिवर्तनले पोखरालाई नाटकको सहरका रूपमा चिनाउन यो नाटक अझै प्रभावकारी हुने बताए । पोखरा थिएटरले स्थापनादेखि नै विभिन्न रंग समूहसँगको सहकार्यलाई महत्व दिँदै आएको छ । औपचारिक रूपमा पोखरामा रंगमञ्च तयार गरेर भर्खरै नाटक देखाउन थालिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार