• मंगलबार, भाद्र ३० २०८३

गोरखामा कोही नबस्ने घर अगाडिको बारीमा महिलाको शव फेला


बुधबार, चैत्र २३ २०७८
915
Shares

गोरखा। गोरखा सरदमुकाममा कोही नबस्ने घर अगाडिको बारीमा एक जना महिलाको शव फेला परेको छ ।

नरेश श्रेष्ठको कोही नबस्ने घर अगाडिको बारीमा बुधबार विहान मृत अवस्थामा फुलमाया सिर्मलको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिका वडा नं ९ भिआईपी टोलमा ३५ वर्षीय सिर्मलको शव भेटिएको एसपी केदार खनालले बताए ।

स्थायी घर लक्ष्मी बजार भएको र माइती आएको बेलामा सो घटना भएको खनालले बताए ।राती दुईतीन बजे तिर उक्त घटना भएको प्रहरीले अनुमान गरेको छ ।

मृतक लाश पोष्टमार्टम कार्यका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार