• मंगलबार, भाद्र ३० २०८३

घट्यो सुन-चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?


बुधबार, चैत्र २३ २०७८
910
Shares

बुधबार सुन-चाँदीको मूल्य घटेको छ। 

आज सुन प्रतितोला ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो। 

मंगलबारको तुलनामा आज सुन प्रतितोला तीन सय र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार