• शनिबार, साउन ९ २०८३

काभ्रेको पनौतीमा अनिश्चितकालका लागि कर्फ्यु


मंगलबार, चैत्र ४ २०७६
1.1K
Shares

काभ्रेको पनौतीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको विरोधमा स्थानीय आन्दोलित भएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ।

घटनाको विरोधमा आगजनी र तोडफोडको शृंखला बढेपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले मंगलबार बिहान ९ बजेदेखि लागू हुने गरी पनौती नगरपालिकाका चार किल्ला तोकेर कर्फ्यु लगाइएको बताए।

‘तोडफोड, आगजनीजस्ता अराजकता बढ्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो,’ मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले भने, ‘अब अर्काे आदेश नहुन्जेल कर्फ्यु जारी रहन्छ।’

काभ्रे जिल्ला प्रशासनका अनुसार पनौतीपूर्व शंख जाने बाटोको चौकीसम्म ८०० मिटर र पश्चिम कुशादेवी जाने बाटोको १ किलोमिटर तथा बनेपा जाने ठाडो बाटोको १ किलोमिटर र देखाञ्चोकतर्फ १ किलोमिटर मिटर क्षेत्रमा कर्फ्यु लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी तिमिल्सनाका अनुसार हिजो (घटना भएको दिन सोमबार साँझ) प्रदर्शनकारीको तोडफोड र आगजनीले धेरै क्षति भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार